रोनाल्डो पछि सर्जियो रामोस र लुका मोड्रिच पनि भित्राउने योजनामा अल नासर

साउदी अरेबियाका क्लब अल नासरले फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भित्राएको थियो भने साउदी क्लब थप युरोपियन स्टारहरू साइन गर्ने योजनामा रहेको छ।

रिपोर्ट अनुसार रोनाल्डो साइन गरे पछि अब अल नासर पिएसजीका सर्जियो रामोस र रियल म्याड्रिडका लुका मोड्रिचलाई पनि भित्राउने योजनामा रहेको छ।

रामोस र मोड्रिच दुवैको सम्झौता अन्त्य हुने क्रममा रहेको छ भने दुवैले हाल सम्म आफ्नो क्लब सँग सम्झौता विस्तार नगरेको बेला अल नासरको नजर उक्त दुई लेजेन्द खेलाडीहरुमा रहेको खबर छ।

हालै मात्र अल नासरले रोनाल्डोलाई साइन गरेको थियो। म्यानचेस्टर युनाइटेड सँग रोनाल्डो सम्झौता रद्द भए पछि फ्री एजेन्ट रहेका रोनाल्डोलाई साउदी अरेबियन क्लब अल नासरले साइन गरेको थियो।

हाल रोनाल्डोले अल नासर सँग दुई वर्षको सम्झौता गरेका छन् र उक्त क्लबमा रोनाल्डोले प्रति वर्ष २०० मिलियन युरो तलबमा पाउने जानकारी छ जसको मतलब क्लबमा उनको मासिक तलब €१६,६६६,६६६ रहेको छ जुन हप्ताको €३,८४६,१५३ हुने छ र यसको अर्थ उनले प्रति दिन नै €५४७,९४५ कमाउने छन्।

रोनाल्डो सँग २०२५ सम्मको सम्झौता गर्ने अल नासरले रोनाल्डोको मद्दतमा साउदी अरेबियाको फुटबल सहित अन्य क्षेत्रको उत्पादन र पर्यटन पनि प्रोमोट गर्ने योजना बनाएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ