रोनाल्डो नायक बन्दा पोर्चुगलको जित

युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले हराएको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

खेलको ८९औं मिनेटमा रोनाल्डोले निर्णायक गोल गरे ।

यस्तै खेलको ८०औं मिनेटमा विलियम विलिमसनले रातो कार्ड पाएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो।

आइसल्याण्डविरुद्धको खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि २०० अन्तराष्ट्रिय खेल समेत पूरा गरेका छन् ।

यस जितपछि पोर्चुगलले ४ खेलमा १२ अंक जोडेको छ ।

पोर्चुगल समूह ‘जे’ को शीर्ष स्थानमा रहेको छ ।

आइसल्याण्ड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।