रोनाल्डो चम्कदा अल नासरको फराकिलो जित

साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल हाजमलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा रोनाल्डोले एक गोल र दुई गोल असिस्ट गरेका थिए । योसँगै रोनाल्डोले आफ्नो क्यारियरमा क्लब र देश गरेर ८५० गोल गर्दै नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै अल नासरको जितमा साडियो माने, ओटाभियो, अब्दुल्लाह अल खलबरी र अब्दुलरहमान घरीबले एक एक गोल गरेका थिए ।

त्यसै गरि अल हाजमका लागि एक गोल मुहमद बाडामोसीले गरेका थिए ।

यो जितपछि अल नासरको ५ खेलमा ९ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

त्यस्तै, अल हाजमको भने ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पिचार्मा रहेको छ ।