“रोनाल्डो आफ्नो नयाँ टिमको लागि लडिरहेका छन् तर मेस्सी छैनन्”

हालै भएको च्याम्पियन्स लिग ग्रुप खेलमा पिएसजीको सिटी सँग हार पछि पिएसजीको आलोचना हुन थालेको छ। मेस्सी एम्बाप्पे र नेमार जस्ता सुपरस्टार खेलाडीहरू भए पनि सिटी सँग हार बेहोरे पछि क्लबको धेरै आलोचना भएको छ भने डच लेजेन्द राफेल भ्यान डर वार्टले क्लबका नयाँ सुपरस्टार मेस्सीको आलोचना गरेका छन्।

खेल पछि पूर्व रियल म्याड्रिड लेजेन्द र हाल फुटबल पण्डितको रुपमा रहेका राफेल भ्यान डर वार्टले लियोनल मेस्सीको आलोचना गरे र पिएसजीको प्रदर्शनबाट मेस्सीले लाज मान्नु पर्ने दाबी गरे।

“यसले मलाई दुःखी बनाउँछ,” भ्यान डर वार्टले पिएसजीको उक्त खेलको बारे बोल्दै भने।

“यो चाहनाको प्रश्न हो। उनलाई यो चाहन्छन् वा चाहँदैनन्?

“जब तपाईँले उहाँलाई क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्नुहुन्छ, एक आफ्नो टोलीलाई अर्को स्तरमा लैजानको लागि लडिरहेका छन् – र अर्कोले यो गर्न सकेका छैनन्।

“मेस्सी मैदानमा हिँड्छन्।

“म उनलाई हेर्छु र सोच्छु, ‘के तपाईँलाई लाज लाग्दैन?’

‘म मेस्सीको प्रदर्शनबाट सन्तुष्ट छैन।

खेलको ५० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औँ मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७६ औँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

यस जितसँगै सिटीले समूह ‘ए’ मा ५ खेलमा १२ अङ्क जोडेको छ । सिटी शीर्ष स्थानमा रहेको छ । पीएसजी ८ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ