च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड इटालियन क्लब एटलान्टासँग बराबरीमा राकिएको छ ।
समुह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई हारबाट बचाउदै दुई गोल गरेर एटलान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलमा एटलान्टाका लागि जोसिप लिकिकले खेलको १२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरी गरेका थिए ।
त्यसपछि डुभैन जापाटाले गोल गर्दै एटलान्टालाई २-१ को अग्रता दिलाएका थिए ।
२-१ गोलले पछाडी परेको म्यानचेस्टर युनाइटेडलाई रोनाल्डोको ९१औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेर हारबाट बचाएका थिए ।
यो बराबरी पछि युनाइटेडको समुह एफमा ४ खेलमा ७ अंक भएको छ । त्यस्तै एटलान्टाको भने ४ खेलमा ५ अंक रहेको छ ।