रोनाल्डोले दक्षिण कोरियाविरुद्ध नखेल्ने!

एजेन्सी । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्टोसले क्रिस्टियानो रोनाल्डोले समूह चरणको अन्तिम खेल खेल्ने सम्भावना न्यून रहेको पुष्टि गरेका छन् ।

विश्व कप अन्तरगत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरियासंग आज भिड्दैछ ।

३७ वर्षे रोनाल्डो बिहिबार एक्लै प्रशिक्षण गरेको समेत सान्टोसले बताए ।

रोनाल्डोसंगै प्रशिक्षणमा ओटाभियो, ड्यानिलो पेरेरा र नुनो मेन्डेसको अनुपस्थिती रहेको थियो ।

घानाविरुद्ध पेनाल्टिमा गोल गर्दै रोनाल्डोले विश्व कपको पाँच छुट्टै संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेको छ ।