बोरुसिया डर्ट्मुन्डका नर्वेजियन युवा स्ट्राइकर अर्लिङ हल्यान्डले रोनाल्डोले गर्दा आफू फुटबल खेलाडी बनेको र रोनाल्डोलाई आफ्नो आइडल रहेको बताए ।
मंगलबार राती भएको च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा फ्रेन्च क्लब पिएसजीलाई २–१ ले हराउने क्रममा २ गोल गरेपछि मिडियासँग कुरा गर्दै उनले इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड रोनाल्डोलाई आफ्नो आइडल रहेको बताएका हुन् ।
खेलपछि १९ वर्षका नर्वेजियन युवा स्टारले आफूले कुनै दिन रोनाल्डोसँग भेटेर कुरा गर्न चाहेको र आफ्ना लागि उनी ठूलो अदर्श रहेको कुरा बताउन मन लागेको बताए । ‘कुनै दिन म क्रिस्टियानो रोनाल्डोसँग भेटेर कुरा गर्न चाहन्छु । र, भन्न चाहन्छु– म आज फुटबल खेलाडी तपाईंको कारणले गर्दा हुँ ।’
"I would love to someday have a conversation with Cristiano Ronaldo and tell him that I'm a footballer thanks to him"
– Erling Håland pic.twitter.com/56xONfYS8j
— TeamCRonaldo (@TeamCRonaldo) February 18, 2020
हल्यान्डले अघि थपे, ‘अनि म भन्न चाहन्छु– तपाईं मेरा लागि ठूलो आदर्श हुनुहुन्छ ।’
हल्यान्डले आफू रोनाल्डोकै खेल हेरेर हुर्किएको र अहिले उनकै खेल हेरेर फुटबल सिकिरहेको पनि बताए । ‘म उनकै खेल हेरेर हुर्किए र अहिले उनैको खेल हेरेर फुटबल सिकिरहेको छु । उनी हरेक युवा खेलाडीका लागि आदर्श र ऊर्जाको स्रोत हुन्,’ हल्यान्डले भने ।