युभेन्टसका कप्तान जर्जियो चिलेनीले क्रिस्टियानो रोनाल्डो युभेन्टसबाट म्यानचेस्टर युनाइटेडमा गएको समयबाट निराश भएको स्वीकार गरेका छन्। रोनाल्डोले युभेन्टसमा ३ सिजन बिताए भने २०२१को ट्रान्सफर विन्डोको अन्तिम समयमा उनले क्लब छोडे।
Juventus star Chiellini admits he wishes Cristiano Ronaldo had left the club earlier https://t.co/X8275yKUwB
— MailOnline Sport (@MailSport) October 21, 2021
चिलेनीले पोर्चुगिज स्टारको प्रस्थान को बारेमा एक अन्तर्वार्तामा बोले : “उनले गर्मीको विन्डोमा क्लब छोड्ने सम्भावना थियो मैले यो बुझेको थिए, हामी यो सम्बन्धको एक बिन्दुमा पुग्यौँ जहाँ क्रिस्टियानोलाई नयाँ चुनौती र उनको लागी खेल्ने टिम को आवश्यकता थियो। जब उनले यस्तो टिम पाउने गर्छन् उनी सधैँ निर्णायक हुन्छन् ।
“युभेमा पुनर्निर्माणको काम चलिरहेको छ, यो स्पष्ट छ कि यदि उनी क्लबमा रहनुभएको भए उनी यो पुनर्निर्माणको एक महत्त्वपूर्ण भाग हुन्थे र हामी खुसीले उनको सीपको प्रयोग गर्ने थियौँ तर उनले अर्को टोली सँग पुनः सुरु गर्ने निर्णय गरे कि उनले वर्तमान को लागी धेरै र भविष्य को लागी थोरै सोचे।
“उनले अगस्त २८मा क्लब छोडे, पक्कै पनि उनले अलि चाडै युभेन्टस छोडेको भए हाम्रो लागि राम्रो हुन्थ्यो, हामी यसको लागि तयार हुन्थ्यौँ।
‘It would have been better if he left earlier’ – Chiellini makes blunt Ronaldo transfer claim #mufc https://t.co/LKsWXbCuc9 pic.twitter.com/kU2qSfF5br
— Man United News (@ManUtdMEN) October 22, 2021
“यसले तपाईँलाई झटका दिने गर्छ र हाम्रो पहिलो खेलमा यो स्पष्ट भयो। यदि उनले १ अगस्तमा क्लब छोडेका भए हामी सँग संगठित हुने समय हुन्थ्यो र हामी मात्र त्यही बारेमा सोच्दैनौँ, हामी लिगको तयार हुने थियौँ।