डेभिड बेकह्यामले धेरै असम्भव, डिफेन्डरकै-अपमान गर्ने ‘कर्ली’ क्रस गर्ने गर्थे- तर २००५/२००६को कोपा डेल रेमा रोनाल्डो नाजारियोलाई उनको यो पास अहिले सम्मको सबैभन्दा उत्कृष्ट हुन सक्छ।
रियल म्याड्रिडका २३ नम्बरका सुपरस्टारको पास जस्तो अहिले सम्म पक्कै पनि केही छैन। उनको त्यो हेराई र ‘पिनपोइन्ट’ पास जसको मदतमा रोनाल्डोले गोल गरे।
२००५/२००६को कोपा डेल रेमा रियल जारागोजाविरुद्ध बेकह्यामको त्यो पासको अझै पनि फ्यानहरूले कदर गर्ने गर्छन्।
बेकह्यामको त्यो उत्कृष्ट-निर्देशित पास सबै खेलाडीलाई पछि पार्दै रोनाल्डो सम्म पुगेको थियो र रोनाल्डोले सजिलैसँग गोल गरे ।
Throwback to when Ronaldo scored this goal against Zaragoza after a spectacular pass from Beckham in the Copa del Rey 2005/2006. Legends. pic.twitter.com/kQnFhHl7yj
— Old Days Football (@OldDaysFootball) May 28, 2020
रोनाल्डोले एक इन्स्टाग्राम लाइभमा बेकह्यामको त्यो पासलाई याद गर्दै उनको प्रशंसा गरेका थिए।
“तपाईँ सबै समयका सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुनुहुन्थ्यो, जुन तरिकाले तपाईँ बललाई छुनुहुन्छ, बललाई तपाईँ जहाँ चाहनुहुन्छ त्यो ठाउँमा पास गर्न सक्नुहुन्थ्यो, र मलाई हेराई नगरी बल मेरो खुट्टामा आउँथ्यो।
“तपाईँले मलाई दिनुभएका त्यो पासहरूको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु। तपाईँ उत्कृष्ट हुनुहुन्थ्यो।”