पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस पदबाट राजीनामा दिने क्रममा रहेको बेला पोर्चुगल नयाँ कोचको रूपमा लेजेन्द कोच जोसे मोरिन्होलाई भित्राउने योजना गर्दै गरेको रिपोर्ट आएको छ।
Portugal have approached Jose Mourinho with the prospect of managing club and country SIMULTANEOUSLY! 🔥😮
Via La Gazzetta dello Sport pic.twitter.com/Z7dHz3PbZi
— SPORTbible (@sportbible) December 13, 2022
२०२२ फिफा विश्व कपको क्वाटर फाइनलमा मोरक्को सँग हार्दै पोर्चुगल नक-आउट भए पछि फर्नान्डो सान्तोस माथि धेरै दबाब रहेको थियो।
उनले आफ्नो सुपरस्टार रोनाल्डोलाई पनि बेन्चमा राख्ने निर्णय लिएका थिए जसको लागि उनको आलोचना पनि भएको थियो।
सान्तोसले आफ्नो पदबाट राजीनामा दिने पुष्टि भए पछि लेजेन्द पोर्चुगिज कोच जोसे मोरिन्होलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा भित्राउने पोर्चुगलको तयारी रहेको जानकारी छ भने हाल रोमाका कोचको रहेका मोरिन्होलाई क्लब छोड्न नपर्ने गरेर साइन गर्ने पोर्चुगलले सम्पर्क गरेको जानकारी छ।
🚨 Portugal have offered the managerial job to José Mourinho. 🇵🇹
He could combine the position with the head coach role at Roma and the idea interests the Portuguese manager.
(Source A Bola) pic.twitter.com/5pcUWyut5D
— Transfer News Live (@DeadlineDayLive) December 13, 2022
निकै अनुभवी रहेका जोसे मोरिन्होले हाल सम्म कुनै राष्ट्रिय टिमको व्यवस्थापन गरेका छैन तर क्लब फुटबलमा उनी एक लेजेन्दको रूपमा रहेका छन्। दुई पटक च्याम्पियन्स लिग जितेका मोरिन्होले प्रिमियर लिग, सिरी ए, युरोपा लिग र अन्य धेरै उपाधिहरू जितेका छन्।