रोनाल्डोलाई आज अल नासरबाट डेब्यु गर्न प्रतिबन्ध

पोर्चुगिज सुपरस्टार क्रीस्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब अल नासरबाट पहिलो खेल खेल्न कुर्नु पर्ने भएको छ ।

भारी तलबमा साउदी अरेबियन क्लबमा अनुबन्ध भएका रोनाल्डोको टोलिले बिहिवार खेल खेल्ने छ र रोनाल्डोले त्यस खेल प्रतिबन्धका कारण खेल्न पाउने छैन ।

म्यान्चेस्टर युनाइटेडमा हुँदा एक इभर्टनका समर्थकका फोन फुटाएको कारण फुटबल एसोसिएसनले उनलाई २ खेलको प्रतिबन्ध लगाएको थियो ।

इङलिस एफएले प्रतिबन्ध लगाएतापनि उनले साउदीमा भएपनि त्यस प्रतिबन्ध भोग्नु पर्नेछ ।

रोनाल्डो खेलेको हेर्न बिहिबारको खेलका लागि २८००० टिकट बिक्री हुँदै स्टेडियम फुल सोल्ड आउट भएको थियो तर रोनाल्डोले खेल्न नपाउने भएपछि समर्थकहरुले अझै उनी खेलेको कुर्नुपर्ने भएको छ ।

अल नासरको अब हुने दुई खेलमा रोनाल्डो सामेल हुनेछैन, त्यसपछिको खेलमा भने रोनाल्डोले खेल्न पाउनेछ ।