रोनाल्डोको विकल्पको खोजीमा म्यानचेस्टर युनाइटेड

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छोडे पछि हाल युनाइटेड नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र म्यानचेस्टर युनाइटेडले केही खेलाडीहरूको सुची तयार गरेको जानकारी छ।

क्रिस्टियानो रोनाल्डोले युनाइटेड सँगको सम्झौता रद्द गर्ने निर्णय लिए पछि युनाइटेड हाल रोनाल्डोको विकल्पको खोजीमा रहेको छ, सुरुमा युनाइटेडको नजर कोडी ग्याक्पोमा रहेको थियो तर उनलाई लिभरपुलले साइन गरे पछि युनाइटेड अझै रोनाल्डोको विकल्पको खोजीमा रहेको छ।

“हामीलाई थाहा छ हामीले एक स्ट्राइकर गुमाएका छौँ त्यसैले हामी नयाँ भित्र्याउन आवश्यक छ- युनाइटेडका कोच टेन ह्यागले बताए।

“तर यो टोलीमा गुणस्तर ल्याउने सही व्यक्ति हुनुपर्छ, टोलीमा थप्नु मात्र होइन। यहाँ म्यानचेस्टर युनाइटेडमा मापदण्ड उच्च छ।”

हाल म्यानचेस्टर युनाइटेडको नाम जाओ फेलिक्स, लाउटारो मार्टिनेज, मार्कस थुराम जस्ता खेलाडीहरु सँग जोडिएको छ तर युनाइटेडले हाल सम्म कुनै खेलाडी सँग सम्झौता भने गरेको छैन।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ