रोनाल्डोको लागि अल नासरले गर्‍यो आफ्नो स्टार खेलाडी सँगको सम्झौता रद्द

साउदी अरेबियाका क्लब अल नासरले फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भित्राएको थियो तर हाल सम्म रोनाल्डोले सो क्लबबाट खेल्न पाएका छैनन् जसको मुख्य कारण भने उनको नाम अल नासरले लिगमा दर्ता गर्न नसक्नु हो।

साउदी अरेबियाको लिगमा कति विदेशी खेलाडीहरू क्लबले राख्न पाउनेमा कोटा प्रणाली रहेको छ भने अल नासरमा रोनाल्डो आउनु अगाडी नै उक्त कोटा पुरा भैसकेको थियो जसको कारण अल नासर फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई आफ्नो टिममा दर्ता गर्न असफल भएको थियो।

हाल रिपोर्ट अनुसार अल नासरले रोनाल्डोको लागि उक्त कोटामा ठाउँ बनाउन आफ्नो स्टार खेलाडी भिन्सेन्ट अबुबाकर सँगको सम्झौता रद्द गरेको छ।

 

भिन्सेन्ट अबुबाकर टर्कीको क्लब बेसिकटासबाट २०२१मा अल नासर आएका थिए। सेन्टर फोवार्डको रूपमा खेल्ने क्यामरुनका खेलाडीले हाल सम्म साउदी क्लबको लागि ३९ खेल खेल्दै १३ गोल गरेका छन् तर अब उनी सँग अल नासरले सम्झौता रद्द गर्दै टिममा रोनाल्डोको लागि ठाउँ बनाउने भएको छ।

हाल रोनाल्डोले अल नासर सँग दुई वर्षको सम्झौता गरेका छन् र उक्त क्लबमा रोनाल्डोले प्रति वर्ष २०० मिलियन युरो तलबमा पाउने जानकारी छ जसको मतलब क्लबमा उनको मासिक तलब €१६,६६६,६६६ रहेको छ जुन हप्ताको €३,८४६,१५३ हुने छ र यसको अर्थ उनले प्रति दिन नै €५४७,९४५ कमाउने छन्।

रोनाल्डो सँग २०२५ सम्मको सम्झौता गर्ने अल नासरले रोनाल्डोको मद्दतमा साउदी अरेबियाको फुटबल सहित अन्य क्षेत्रको उत्पादन र पर्यटन पनि प्रोमोट गर्ने योजना बनाएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ