रोनाल्डोको पुर्व टिम मेटले नै भने मेस्सी उत्कृष्ट

रियल म्याड्रिडका लेजेन्ड र क्रिस्टियानो रोनाल्डोका पूर्व टिम-मेट ग्यारेथ बेलले च्याम्पियन्स लिग जित्ने सबैभन्दा महान् खेलाडी को रहेको प्रश्नको जवाफ दिएका छन् र उनको जवाफ हाल धेरै चर्चाको विषय बनेको छ।

धेरैले फुटबल सुपरस्टारलाई क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिगको ‘राजा’ भनेर सम्बोधन गर्ने गरेको छ तर रोनाल्डोकै पूर्व टिम मेट ग्यारेथ बेलले च्याम्पियन्स लिग जित्ने सबैभन्दा महान् खेलाडी रोनाल्डोको लामो समय देखिको प्रतिद्वन्द्वी मेस्सी रहेको भनेर बताएका छन् ।

२०२३ च्याम्पियन्स लिगको फाइनल हेर्न इस्तानबुल पुगेका बेललाई सोनीको रिपोर्टरले च्याम्पियन्स लिग जित्ने सबैभन्दा महान् खेलाडी को रहेको भनेर प्रश्न गरे।

उक्त प्रश्नको जवाफमा रियल म्याड्रिडका लेजेन्ड र क्रिस्टियानो रोनाल्डोका पूर्व टिम-मेट ग्यारेथ बेल मेस्सीको नाम लिए।

पूर्व रियल म्याड्रिड सुपरस्टार रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग जितेका छन् जसको कारण धेरैले उनलाई च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा महान खेलाडी मान्ने गरेका छन्। मेस्सीले भने ४ पटक च्याम्पियन्स लिग जितेका छन्।

बेल आफैँले रियलसँग पाँचवटा छुट्टाछुट्टै अवसरमा प्रतियोगिता जितेका छन् जसमा लिभरपुल विरुद्ध २०१८ को फाइनलमा उनले निकै महत्त्वपूर्ण भूमिका खेलेका थिए।

रियल म्याड्रिडले २०२२को फाइनलमा लिभरपुललाई फेरि पराजित गरेपछि उनले गत सिजन पनि विजेता पदक प्राप्त गरे, तर बेलले टिममा भने खेल समय पाएका थिएनन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ