रोनाल्डोको नाम यो विश्वकपमा सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुचीमा परेपछि

२०२२ फिफा विश्व कपको ग्रुप स्टेजको अन्त्य भए पछि हाल राउन्ड-अफ १६को खेलहरू हुने क्रम रहेको बेला प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले यो विश्व कपको ग्रुप स्टेजमा सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परेका छन्।

प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले समूह चरणमा खेलाडीहरूले पाएको औसत रेटिंगको आधार मा ११ खेलाडीको सुची तयार गरेको हो भने ३ ग्रुप स्टेज खेले खेलेका रोनाल्डोको औसत रेटिंगको ६.३७ रहे पछि उनी पनि सो सुचीमा पर्न पुगेका छन्।

उक्त सुचीमा रोनाल्डो सहित उक्त सुचीमा कतार, क्यानडा, कोस्टा रिका, साउदी अरेबिया र अस्टेलियाका खेलाडीहरू रहेका छन्।

सोफास्कोरले तयार गरेको यो विश्व कपको ग्रुप स्टेजमा सबैभन्दा खराब प्रदर्शन गरेका खेलाडीहरूको सुची तल हेर्नुहोस्:-

FWD- Almoez Ali 6.23 (QATAR)

FWD- Cristiano Ronaldo 6.37 (Portugal)

MID- Tajon Trevor Buchanan 6.10 (Canada)

MID- Abdulellah Al-Malki 6.15 (Saudi Arabia)

MID- Karim Boudiaf 6.30 (Qatar)

MID- Mathew Leckie 6.33 (Australia)

LB- Homam Ahmed 6.23 (Qatar)

CB- Francisco Calvo 6.25 (Costa Rica)

CB- Óscar Esaú Duarte 6.30 (Costa Rica)

RB- Alistair William Johnston 6.40 (Canada)

GK- Meshaal Aissa Barsham 6.10 (Qatar)

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ