रोनाल्डोको गोलमा म्यान्चेस्टर युनाइटेडको सान्दार जित

युरोपा लिग अन्तर्गत बिहिबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले सान्दार जित हासिल गरेको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले सेरिफलाई ३-० ले पराजित गरेको हो ।

खेलको ४३ औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएको थियो ।

६४ औं मिनेटमा मार्कोस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।

८० औं मिनेटमा रोनाल्डोले गोल गर्दै म्यान्चेस्टर युनाइटेडले ३-० को जित हासिल गर्न सफल भयो ।

यस जितसंगै म्यान्चेस्टर युनाइटेड नकआउट चरणमा प्रवेश गरेको छ भने सेरिफ तेस्रो स्थानमा रहदै बाहिरिएको छ ।