रोनाल्डोको खेल हेर्न अमेरिकाबाट म्यानचेस्टर आए फ्यान तर रोनाल्डोनै टिममा परेनन् 

प्रसिद्ध अमेरिकी युट्युबर ‘आइसोस्पिड’ क्रिस्टियानो रोनाल्डोको ठुलो फ्यान रहेका छन् भने धेरै समय देखि उनी रोनाल्डोको खेल हेर्न इङ्गल्यान्डमा आउन इच्छुक थिए र कार्बाओ कपमा म्यानचेस्टर युनाइटेडको खेल हेर्न इङ्गल्यान्ड आउने उनले निर्णय लिएका थिए तर उनी अभागी हुन पुगेका छन्।

१२ मिलियन भन्दा धेरै सब्सक्राइबर भएका आइसोस्पिड रोनाल्डोको खेल हेर्ने भनेर म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला बिचको खेल हेर्न अमेरिकाबाट म्यानचेस्टरमा पुगे तर सुरु हुन अगाडी रोनाल्डो टिममा नपरेको खबर आए पछि उनी निराश हुन पुगे।

रोनाल्डो नभए पनि उनले म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला बिचको उक्त खेल ओल्ड ट्राफोर्डमा हेरे र उनले म्यानचेस्टर युनाइटेडका लेजेन्द प्याट्रिक क्रेन्ड सँग पनि भेटे।

उक्त खेलमा भने एस्टन भिल्लालाई युनाईटेडले ४-२ गोल अन्तरले हराउँदै चौथो चरणमा स्थान बनाएको छ । खेलको ४८ औँ मिनेटमा ओली वाटकिन्सले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । ४९ औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६१ औँ मिनेटमा डियोगो डालोटले आत्मघाती गोल गरेपछि एस्टनले २-१ को अग्रता बनायो । तर, ६७ औँ मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए ।

खेलको ७८ औँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेडले ३-२ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा स्कट म्याकटोमिनीले गोल गरेपछि युनाईटेड ४-२ ले विजयी भयो । यस खेल अघि प्रेमिएर लिगमा एस्टन भिल्लाले युनाइटेडलाई ३-१ ले हराएको थियो ।

यस जितसँगै युनाईटेडले एस्टनसँग प्रिमियर लिगमा यसै हप्ता व्यहोरेको हारको बदला लिएको छ । युनाईटेडले चौथो चरणमा बर्नलीको सामना गर्नेछ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ