“रोनाल्डोको कारण रियल म्याड्रिडमा आए”

ला लिगा क्लब रियल म्याड्रिडले ब्राजिलियन क्लब पाल्मिरासका वन्डरकिड एन्ड्रिकलाई साइन गरेको थियो भने एन्ड्रिकलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला उनले आफू रियल म्याड्रिडमा आउने निर्णयमा क्रिस्टियानो रोनाल्डोको भूमिका रहेको बताए।

“रियल म्याड्रिड एक ठुलो क्लब हो”- एन्ड्रिकले बताए।

“भिनीसियासले मलाई मेसेज पठाएर आशा दिएका थिए। क्रिस्टियानो मेरो आइडल हुन् र उनले रियल म्याड्रिडका लागि खेलेका थिए, त्यसैले मैले रियल म्याड्रिड रोजेको छु र मलाई विश्वास छ कि यो सही छनोट हो।

“भगवान सधैँ मेरो साथमा हुनुहुन्छ र उहाँले मलाई भन्नुभयो कि रियल म्याड्रिडमा जानु सही कुरा हो।”

१६ वर्षीय एन्ड्रिकले पाल्मिरासको पहिलो टोलीसँग ७ खेल मात्र खेलेका छन्, तर उनले आफ्नो शारीरिकता र प्रतिभा देखाउन जारी राखेका छन् जसको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला रियल म्याड्रिडले सबैलाई पछि पार्दै उक्त वन्डरकिडलाई साइन गरेको छ।

एन्ड्रिकको लागि रियल म्याड्रिडले €६० मिलियन ट्रान्सफर सुल्क र €१२ मिलियन कर तिर्ने जानकारी छ भने रियल सँग उनको सम्झौता २०२४ सम्म हुने छ।

उनी माथि बार्सा, चेल्सी, पिएसजीले पनि निगरानी राख्दै आएको थियो तर रियल म्याड्रिड उनलाई भित्राउन सफल भएको छ। १६ वर्षीय सेन्टर फोवार्डको खेल निकै राम्रो रहेको छ भने उनी माथि निगरानी राख्न र उनी सँग वार्ता गर्न रियल म्याड्रिडले आफ्नो कोचलाई ब्राजिल पनि पठाएको थियो।

एन्ड्रिकले हाल सम्म पाल्मिरासको सिनियर टिममा मात्र ७ खेल खेलका छन् तर उनले पाएको ७ खेलको अवसरमा ३ गोल गरिसकेका छन्। उनले ब्राजिलको यु१७ राष्ट्रिय टिममा पनि खेलेका छन् भने उनले यु१७ राष्ट्रिय टिमको लागि ४ खेलमा ५ गोल गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ