रोनाल्डोको कारण युभेन्टसले टिम एकता गुमाएको क्लब लेजेन्दको दाबी

युभेन्टसका लेजेन्द जियानलुइजी बुफोनले क्रिस्टियानो रोनाल्डोको कारण क्लबले “टिम एकता” गुमाएको दाबी गरेका छन्।

रोनाल्डोले इटालियन क्लबमा ३ सिजन बिताएका थिए र त्यो समय रोनाल्डोले क्लबमा रहँदा टोलीको दृष्टिकोण परिवर्तन गरेको इटालियन लेजेन्द बुफोनको विश्वास रहेको छ।

उनले टियुडून सँग कुरा गर्दै भने: “रोनाल्डोको आगमनको पहिलो वर्ष युभेले च्याम्पियन्स लिग जित्ने मौका पाएको थियो, जुन वर्ष म पेरिस सेन्ट-जर्मेनमा थिएँ, र क्लबमा के भयो मैले थाहा पाउन सकिन।

“जब म युभेमा फर्केँ, मैले रोनाल्डो सँग दुई वर्ष काम गरेँ र हामीले सँगै राम्रो गर्‍यौँ, तर मलाई लाग्छ युभेले टिम हुने त्यो डिएनए गुमाएको थियो।

“हामी २०१७मा च्याम्पियन्स लिग फाइनलमा पुग्यौँ किनभने हामी अनुभवले भरिएको टोली थियौँ, तर सबै भन्दा माथि हामी एक टिम थियौँ र समूह भित्रका स्थानहरूको लागि प्रतिस्पर्धा थियो जुन धेरै बलियो थियो। हामीले त्यो रोनाल्डो आए पछि गुमायौँ।”

२०१८मा फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसमा ट्रान्सफर भए। युभेको लागि उनले १३४ खेलमा १०१ गोल गरेका थिए भने क्लबमा उनले ५ उपाधिहरू जितेका छन् हाल उनी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा खेल्दै छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ