“रेफ्रीसंग कुरा गर्नु माइक्रोवेभसंग कुरा गर्नु बराबर” – क्लोप

इङलिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले ब्रेन्ट्फोर्डबिरुद्धको हारपछि रेफ्रीको आलोचना गरेका छन् ।

ब्रेन्ट्फोर्डबिरुद्ध ३-१ ले हारेपछि रेफ्री स्टुवार्ट आर्ट्वेल र अफिसियलले ब्रेन्ट्फोर्डले गरेको तेस्रो गोल, गोल नदिनुपर्ने बताएका छन् ।

हारपछि क्लोपले, “तेस्रो गोल मान्य हुन नपर्ने थियो । अफिसियलहरुसंग बहस गर्नु मेरो ल माइक्रोवेभसंग कुरा गर्नु सरह हो” ।

लिभरपुलले पहिलो गोल आफ्ना डिफेन्डर कोनाटेको आत्माघाती गोलबाट खाएको थियो ।

दोस्रो ब्रेन्ट्फोर्डका विसाको गोलबाट खानु पुगेको र तेस्रो गोल एम्ब्युमोले गरेका थिए ।

त्यस्तै, अक्लेड चेम्बर्लेनले लिभरपुलका लागि एक मात्र गोल गरेका थिए ।

यस अघि नुनेजले लिभरपुलका लागि गरेको गोल भिएआरले अफसाइड देखाएको थियो ।

सधै झै हारपछि क्लोपले फेरि पनि बहाना बनाएका छन् ।