“रेफ्रीले नेदरल्याण्ड्सलाई जिताउन खोजे पनि हामीले जित्यौँ”

कतार २०२२ विश्व कपको क्वार्टर अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराजित गरे पछि अर्जेन्टिनाका स्टार गोलकिपर इमिलियानो मार्टिनेजले उक्त खेलमाका रेफ्री एन्टोनियो माटेउ लाहोज र नेदरल्याण्ड्सका कोच भ्यान गालको आलोचना गर्दै बोले ।

उक्त खेलमा १९ पहेँलो कार्ड देखाएका स्पेनिस रेफ्रीले लिएको निर्णयहरूमा धेरै प्रश्न उठेको छ र अर्जेन्टिनाका सुपरस्टार मेस्सीले उक्त रेफ्रीको आलोचना गरेका थिए भने भने स्टार गोलकिपर मार्टिनेजले पनि उक्त रेफ्रीको आलोचना गर्दै रेफ्रीले नेदरल्याण्ड्सलाई जिताउन खोजेको दाबी गरे।

“यो एक कठिन खेल थियो,” मार्टिनेजले खेल पछिको अन्तर्वार्तामा भने।

“मलाई लाग्यो कि हामीले खेललाई राम्रोसँग नियन्त्रण गर्‍यौँ। हामी २-० ले अघि थियौँ, मूलतः हामीले खेल नियन्त्रण गर्‍यौँ तर रेफ्रीले उनीहरूलाई सबै दिएका थिए। अचानक नेदरल्याण्ड्सले राम्रो हेडर, राम्रो फ्लिक, गर्न थाल्यो जुन मैले देख्न सकिन र त्यसपछि यो उल्टो भयो।

“रेफ्रीले उनीहरूलाई सबै कुरा दिए। उनले बिना कारण १० मिनेट [इन्जुरी टाइम] दिए। उनले बक्सबाहिर नेदरल्याण्ड्सलाई दुई, तीन पटक फ्रि-किक्स पनि दिएका थिए।

“रेफ्री केवल नेदरल्याण्ड्सलाई गोल गर्न अवसर दिन चाहन्थे र आशा छ कि हामीले अब त्यो रेफ्री फेरी देख्ने छैनौ उनि बेकार छन्।”

अर्जेन्टिनाका स्टार गोलकिपर इमिलियानो मार्टिनेजले नेदरल्याण्ड्सका कोच लुइस भ्यान गालको पनि आलोचना गरे। खेल अगाडी लुइस भ्यान गालले अर्जेन्टिना र मेस्सीको वारे बोल्दै नेदरल्याण्ड्सलाई गाह्रो नहुने बताएका थिए र सो कुराबाट मार्टिनेज खुसी थिएनन्।

“फुटबलमा, मैले सिकेँ कि मानिसहरू मैदानमा उनीहरूको कुरा गर्छन्। उनीहरूले खेल अघि धेरै मूर्ख कुराहरू भने … जसले मलाई बलियो बनायो।

“मलाई लाग्छ उनले आफ्नो मुख बन्द राख्नुपर्छ।”

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ