म्यान्चेस्टर युनाइटेडबिरुद्ध वुल्भ्सलाई पेनाल्टी नदिने रेफ्रीलाई कार्वाही

इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको म्यान्चेस्टर युनाइटेड र वुल्भ्सबिचको खेल खेलाउने रेफ्री लगायत भिएआर अफिसियलहरुलाई अर्को हप्ताको खेल खेलाउनबाट बन्चित गरिएको छ ।

म्यान्चेस्टर युनाइटेड र वुल्भ्सबिचको खेलको अन्तिम समयमा गोलकिपर ओनानाले गरेको फौललाई पेनाल्टी नदिएपछि विवाद चर्केको हो ।

रेफ्री असोसियसनले पनि उक्त घटना लिएर वुल्भ्सलाई माफी मागीसकेको छ ।

रेफ्री सिमोन होपर, भिएआरको माइकन सिल्स्बरी र रिचार्ड वेस्ट सबैले अर्को खेल खेलाउने मौका पाउने छैन ।