रियल सोसिआदादले बिहीबार कोपा डेल रे क्वार्टर फाइनलमा सान्टियागो बर्नबेउ स्टेडियममा रियाल म्याड्रिडको सामना गर्ने छन र माइकल मेरिनोले ब्लान्कोस बिरुद्ध जित्ने आफ्नो टिम सक्षम रहेको बताए।
पूर्व न्यूकासल यूनाइटेडका मिडफील्डर यो खेलको स्तर बुझ्छन तर उनले पछिल्ला खेलको कारण आफुमा आत्मविश्वास रहेको बताए, जनवरी २०१९को खेलमा रियल सोसिआदादले रियल म्याड्रिडलाई बर्नबेउमै २-१ले हराएको थियो।
⚽️ #RealSociedad ⚽️
▶️ Mikel Merino: ‘Sabemos lo que tenemos que hacer para ganar al #RealMadrid en el Bernabéu’ https://t.co/LciNlWQBdI #CopaDelRey #eitbkirolak— EiTB Kirolak (@eitbkirolak) February 3, 2020
“म्याड्रिड बिरूद्ध सधैं गाह्रो चुनौती हो तर उनीहरूले आफु कडा प्रतिद्वन्द्वीको संग खेल्न परेको सोच्नु पर्छ,” मेरिनोले मार्कालाई भने
“हामीले चाहेको [नतिजा] प्राप्त गर्न हो भने भने यो हप्ता हाम्रो लागि राम्रो हुनेछ।
🗣️ Merino: “El Madrid tampoco estará contento con que le haya tocado la Real Sociedad”
👉 El centrocampista navarro, recuperado de las molestias por las que ha descansado esta jornada, asegura que han aprendido de la derrota en Liga en el Bernabéuhttps://t.co/PvXo6EJhww— Diario AS (@diarioas) February 4, 2020
“हामी जान्दछौं कि त्यहाँको जीत कस्तो छ [बर्नबेउमा], हामीले गत बर्ष लालिगामा जितेका थियौं र ठूला खेलहरूमा हामी उत्कृष्ट छौं, जुन हाम्रो प्रेरणा हो।” उनले भने।
“रियाल म्याड्रिडलाई नकआउट गर्न गाह्रो छ तर हामी सक्षम छौं यो हामीले उक्त खेलबाटै देखाएका छौं”