रियल म्याड्रिड फर्के रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडको ट्रेनिङ मैदानमा प्रशिक्षण सुरु गरेका छन् ।

पोर्चुगल कतार विश्वकपबाट बाहिरिएपछि रोनाल्डो रियल पुगेर एकल प्रशिक्षण गरिरहेको बीबीसीले जनाएको छ ।

पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् । क्लब विहीन रहेपछि रोनाल्डोले रियलको ट्रेनिङ सेन्टर भल्देबेबासमा प्रशिक्षण सुरु गरेका हुन् ।

रोनाल्डोको आग्रहपछि रियलले उनलाई ट्रेनिङ सेन्टर उपलब्ध गराएको हो ।

रिपोर्ट्सका अनुसार क्लबका अध्यक्ष पेरेजले रोनाल्डोलाई रियल उनको घर हो र क्लबसंग जहिले पनि प्रशिक्षणको लागि सबै सुबिधा पाउने भनी धोका खुल्ला रहेको बताएका छन् ।

रियल रोनाल्डोको पूर्व क्लब समेत हो । रोनाल्डो रियलका लागि सर्वाधिक गोलकर्ता हुन् ।

रोनाल्डो २००९ मा म्यानचेस्टर युनाईटेडबाट रियल आएका थिए । तर, उनी २०१८ मा रियल छाडेर युभेन्ट्स गएका थिए । रोनाल्डो २०२१ मा युभेन्ट्स छाडेर युनाईटेड फर्किएका थिए ।