रियल म्याड्रिडले गुमायो शीर्ष स्थानमा अग्रता बनाउने सुनौलो मौका

ला लिगामा रियल म्याड्रिडले निराशाजनक बराबरी खेलेको छ ।

आईतबार राति रियलले घरेलु मैदानमा कार्डिजसँग गोल रहित बराबरी खेलेको हो ।

लिगको शीर्ष स्थानमा रहेको रियलले रेलिगेशनबाट बच्न संघर्षरत कार्डिजसँग बराबरी खेल्दै अंक बाँड्न पर्यो ।

इडेन हाजार्डले पछिल्लो तीन महिनामा पहिलो पटक रियलको सुरुवाती टिममा अटाएका थिए । तर कोभिडबाट प्रभावित शीर्ष स्थानको रियलले खेलमा संघर्ष गर्नुपर्यो ।

कोभिडबाट संक्रमित रियलका मुख्य ६ खेलाडी मैदानमा थिएनन् । तर सबैको नजर प्लेमेकर इडेन हजार्डमा रहेको थियो । उनी गत सेप्टेम्बरपछि पहिलो पटक मैदान देखिएका थिए ।

रियलको पछिल्लो १० खेलको जितको श्रृङ्खलामा समेत पूर्ण विराम लागेको छ ।

रियलले दोस्रो स्थानको सेभिलासँग ८ अंकको अग्रता लिने अवसर गुमाएको छ ।

कार्डिज १४ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।