
ला लिगा क्लब रियल म्याड्रिडले फ्रेन्च सुपरस्टार एम्बाप्पेलाई साइन नगर्ने भनेर हाल स्पेनिस मिडियाहरूले रिपोर्ट गरेको छ।
पिएसजी सँग उनको सम्झौता अन्त्य हुने क्रममा रहेको बेला उनको नयाँ क्लब रियल म्याड्रिड हुने धेरैको विश्वास रहेको थियो भने एम्बाप्पेले रियलमा खेल्ने आफ्नो सपना रहेको बताउँदै आएका छन् र धेरै समय देखि रियलले पनि उनलाई साइन गर्न प्रयास गर्दै आएको थियो।
🚨 𝗕𝗥𝗘𝗔𝗞𝗜𝗡𝗚: Real Madrid have decided NOT to sign Kylian Mbappé next summer. It’s OVER.
(Source: @carrusel) pic.twitter.com/d2Ol0mc9X3
— Transfer News Live (@DeadlineDayLive) November 8, 2023
तर हाल स्पेनिस रिपोर्टहरूको अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्री एजेन्टको रूपमा पनि साइन नगर्ने निर्णय लिने तर्फ गएको छ । रियलले उनलाई साइन गर्नबाट पछि हट्नुको धेरै कारण रहेको जस मध्ये उनको तलब र उनको उमेर मुख्य रहेको रिपोर्टले जनाएको छ।
वार्षिक २० मिलियन युरोको तलब भन्दा कममा एम्बाप्पे म्याड्रिड नआउने जानकारी छ भने उनलाई रियलले अन्य बोनसहरू पनि दिन पर्ने हुने छ भने उनले पिएसजी सँग सम्झौता विस्तार गरे रियलले उनको लागि ट्रान्सफर रकम पनि तिर्न पर्ने हुने छ जसको कारण रियल उनलाई साइन गर्नबाट पछि हट्ने संकेत रहेको छ।
दोस्रो कारण भने एम्बाप्पेको उमेर रहेको स्पेनिस मिडियाले जनाएको छ। रियल म्याड्रिड युवा खेलाडीहरूमा लगानी गर्ने कुराको लागि छ तर एम्बाप्पे अर्को महिना २५ वर्षको हुने छन् भने रियलको खेलाडी हुने बेला उनी २६ वर्ष पुग्ने क्रममा हुने छन् जुन कुराबाट रियल सन्तुष्ट छैन।
अन्तिम कारण भने दुई सिजन अगाडी रियल आउन निकै नजिक रहेको बेला एम्बाप्पेले अन्तिम समय पिएसजी सँग सम्झौता विस्तार गरेका थिए र सो कुराबाट अहिले पनि रियल खुसी रहेको छैन।