रियल म्याड्रिडले आफ्नो ब्राजिलियन स्टारलाई बेच्न सक्ने

ला लिगा क्लब रियल म्याड्रिडले आफ्नो स्टार ब्राजिलियन विंगर रोड्रिगोलाई बेच्न सक्ने जानकारी छ।

ब्राजिल विंगरले यस सिजन ११ खेलमा केवल एक गोल र एक असिस्ट गरेका छन् र उनको निराशाजनक प्रदर्शनको कारण रियल म्याड्रिडमा उनको भविष्य अनिश्चित बनेको रिपोर्ट रहेको छ।

ला लिगा क्लब आफ्नो फर्वार्ड विकल्पहरूलाई थप बलियो बनाउन उत्सुक रहेको छ, जसले सान्टियागो बर्नाबेउमा रोड्रिगोको स्थानलाई खतरामा पार्न सक्छ।

ब्राजिलका युवा खेलाडी एन्ड्रिक जुलाई २०२४ मा ७२ मिलियन युरोमा रियल म्याड्रिड जाने तयारीमा छन् भने एम्बाप्पेलाई पनि साइन गर्ने रियलको योजना रहेको बेला आफ्नो खेलाडीहरू बेच्न पर्ने दबाबमा पनि रियल म्याड्रिड हुने छ र आफ्नो स्टार ब्राजिलियन विंगर रोड्रिगोलाई बेच्न रियल तयार हुने रिपोर्ट छ।

रोड्रिगोलाई रियलले २०१९मा ब्राजिलियन क्लब सन्तोसबाट €४५ मिलियनमा साइन गरेको थियो र उनले हाल सम्म ला लिगा क्लबको लागि १७६ खेल खेल्दै ३८ गोल र ३३ असिस्ट गरेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ