
बेनिफिकाका स्टार अर्जेन्टाइन मिडफिल्डर एन्जो फर्नान्डेजलाई साइन गर्ने प्रिमियर लिग क्लब चेल्सी धेरै नजिक रहेको जानकारी छ।
🚨🌕| Real Madrid target Enzo Fernández is very close to signing for Chelsea for €127m. @DiMarzio #rmalive
— Madrid Zone (@theMadridZone) January 2, 2023
२०२२को विश्व कपमा निकै उत्कृष्ट प्रदर्शन देखाएका स्टार खेलाडी एन्जो फर्नान्डेजलाई साइन गर्न रियल म्याड्रिडलाई पछि पर्ने क्रममा चेल्सी रहेको छ । चेल्सी र बेनिफिका बिच €१२७ मिलियनको ट्रान्सफर सुल्क को सम्झौता हुन धेरै नजिक रहेको जानकारी छ भने चेल्सी र एन्जो फर्नान्डेज बिच व्यक्तिगत सहमति भैसकेको रिपोर्ट छ।
२१ वर्षका स्टार मिडफिल्डरको खेल निकै राम्रो रहेको छ जसको कारण धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि पर्न सुरु भएको छ जसमा ला लिगा क्लब रियल म्याड्रिड पनि रहेको थियो तर चेल्सी उनलाई साइन गर्न धेरै नजिक पुगेको छ।
Chelsea have been insisting also today with Benfica in order to find a solution for Enzo Fernández deal. This week will be absolutely crucial, waiting for Rui Costa to decide. 🚨🔵🇦🇷 #CFC
Enzo Fernández has had full agreement on personal terms with Chelsea since last week. pic.twitter.com/jEDbl9knZj
— Fabrizio Romano (@FabrizioRomano) January 2, 2023
पोर्चुगिज क्लब बेनिफिकामा एन्जो फर्नान्डेजले २५ खेल खेल्दै ३ गोल र ५ असिस्ट गरेका छन्। उनलाई बेच्न बेनिफिका इच्छुक रहेको छ र उनको लागि बेनिफिकाले १२० मिलियन सम्मको माग गर्दै आएको छ।
२०२२को विश्व कपमा उनको उत्कृष्ट प्रदर्शन पछि अर्जेन्टिनाका सुपरस्टार मेस्सीले पनि उनको प्रशंसा गरेका थिए जसको कारण धेरै क्लबहरूको नजर उनी माथि पर्न सुरु गरेको थियो। चेल्सी र रियल सहित लिभरपुलको पनि नजर उनी माथि रहेको थियो तर हाल खबर अनुसार उक्त दौडमा चेल्सी धेरै अगाडी रहेको छ।
फर्नान्डेज २०२२को जुनमा अर्जेन्टिनाको क्लब रिभर प्लेटबाट पोर्चुगिज क्लबमा आबद्ध भएका थिए भने उनलाई बेच्न पोर्चुगिज क्लबले उनको मूल्य €१२० मिलियन सेट गरेको थियो।