रियल म्याड्रिडमा फर्के क्रिस्टियानो रोनाल्डो जुनियर

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर चार वर्ष पछि ला लिगा क्लब रियल म्याड्रिडको एकेडेमी फर्केका छन्।

क्रिस्टियानो रोनाल्डो जुनियर धेरै जस्तो समय उनको बुबाको क्लबको एकेडेमीमा खेल्ने गरेका थिए तर म्यानचेस्टर युनाइटेड अंग उनको सम्झौता अन्त्य भए पछि हाल रोनाल्डो क्लब विहीन रहेका छन् र उनको नयाँ गन्तव्य साउदीको क्लब हुने चर्चा रहेको बेला रोनाल्डो जुनियरले पनि म्यानचेस्टर युनाइटेडको एकेडेमी छोडेका छन्।

म्यानचेस्टर युनाइटेडमा रोनाल्डो जुनियर यु-१२को टिमको सदस्य थिए भने हाल जुनियर म्यानचेस्टर युनाइटेड छोड्दै रियल म्याड्रिडमा फर्केका छन् र उनी रियल म्याड्रिडको युथ एकेडेमीमा समावेश भएको जानकारी छ।

१२ वर्षीय विगतमा पनि रियलको युथ एकेडेमीबाट खेलिसकेका छन् र रियलको यु–१४ टिममा खेल्ने क्रममा उनले २० खेलमा ५० गोल गर्ने कीर्तिमान राखेका थिए।

क्रिस्टियानो रोनाल्डो जुनियरले हाल सम्म रियल म्याड्रिड, युभेन्टस र म्यानचेस्टर युनाइटेड जस्तो क्लबहरुको एकेडेमीमा खेलेका छन् र ४ वर्ष पछि उनी रियल म्याड्रिड फर्केका हुन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ