फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर काइलियन एम्बाप्पेको भविष्यको टुंगो लाग्न अझै समय लाग्ने भएको छ ।
यसै सिजनको अन्त्यमा एम्बाप्पेको पीएसजीसंगको सम्झौता सकिने छ र उनी सित्तैमा अरु क्लबहरुमा अनुबन्धित हुन पाउनेछ ।
पीएसजीले प्रस्ताव गरेको सम्झौता एम्बाप्पेद्वारा अझै स्वीकार भैसकेको छैन र यसको विषयमा टुंगो लाग्न रियल म्याड्रिडबिरुद्धको च्याम्पियन्स लिग खेल पछि मात्र लाग्ने छ ।
यद्यपि, एम्बाप्पेले जनवरी १ देखि अरु क्लबहरुसंग ‘प्री कन्ट्र्याक्ट अग्रीमेन्ट’ गर्न पाउनेछन् ।
रियल भने एम्बाप्पेलाई भित्र्याउन बिस्वस्त देखिन्छन् ।