रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जित्न चाहन्छु- कोर्टवा

थिबौट कोर्टवाले चेल्सीबाट दुइता प्रेमियर लिग जितेका थिए तर बेल्जियन गोलरक्षकले रियल म्याड्रिडबाट लिग जितेमा आफु शिखरमा पुगे सरह हुने बताए।

यि २७ बर्षिय खेलाडिले विश्वा कप र सुपरकोपा जितेका थिए रियल म्याड्रिडबाट २०१८ मा। उनी अझै रियल म्याड्रिडबाट प्रमुख उपाधिको खोजीमा छन।

उनले रियल म्याड्रिड टिभीलाई भने: “म्याड्रिड खेलाडी हुनु महत्त्वपूर्ण छ। यहाँ सबै कुरा महत्त्वपूर्ण छ – प्रत्येक खेल, हरेक प्रशिक्षण।

“यहाँ दबाब छ र तपाइँले यसलाई कसरी लिनु पर्छ त्यो जान्नुपर्दछ।

“म साँच्चै च्याम्पियन्स लिग र ला लिगा जित्नको लागि लड्न चाहन्छु।

“म्याड्रिडमा तपाई कहिल्यै आराम गर्न सक्नुहुन्न, तपाई कहिले पनि शान्त हुनुहुन्न। जब तपाईं यो शर्ट लगाउनुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि दबाब आउँदै छ, त्यसैले रियलले बिगतमा धेरै उपाधि जिते।”

म्याड्रिडको जर्सीमा उन्को सुरुवात खसै उल्लेखनिय रहेन। तर कडा परिश्रमकले उनी अहिले विश्वाको उत्कृष्ट गोलरक्षक बन्न पुगे।

उनका अन्तिम ११ खेलहरूमा ८ क्लिन शित रहेको छ, कोटोवाले भने: “कठिन क्षणहरूमाथि विजय हासिल गर्न म बलियो हुनुपर्थ्यो।

“तपाईले २० बर्ष उमेरको जस्तो गर्नु पर्छ कुराहरु मनमा लिने र बित्दै गएको समयमा तपाईंले सिक्नुपर्ने हुन्छ।”

उनको महत्वाकांक्षामा, शट-स्टपरले थपे: “म एक महान गोलरक्षक र एक महान व्यक्तिको रूपमा चिनिन चाहन्छु।

“म उपाधि जित्नको लागि महत्वोपूर्ण भूमिका निर्बहा गर्न चाहन्छु तर साथ साथै एउटा राम्रो व्यक्तिको छवी छोड्न चाहन्छु।

“च्याम्पियन्स लिग क्लबको स्तरमा ठूलो सपना हो, र म पनि [बेल्जियमको साथ] युरोपियन चैम्पियनशिप जित्न चाहन्छु।

“सबै सपना साकार हुनसक्छु।”