रियल म्याड्रिडको म्यान्चेस्टर युनाइटेडमाथी सहज जित

स्पेनिस क्लब रियल म्याड्रिडले इङलिस क्लब म्यान्चेस्टर युनाइटेडलाई हराएको छ ।

प्री सिजन मैत्रीपुर्ण खेलमा स्पेनिस क्लबले युनाइटेडबिरुद्ध २-० को जित हासिल गरेको हो ।

खेलको छैटौं मिनेटमा नै जुड बेलिङ्ह्यामले गोल गर्दै रियललाई अग्रता दिलाएको थियो ।

दोस्रो हाफको अन्तिम समयमा रियलका जोसेलुले उत्कृष्ट बाइसाइकल किक गोल गर्दै २-० जित दिलाएका हुन् ।