प्रिमियर लिग क्लब लिभरपुलले रियल म्याड्रिडका स्टार विंगर रोड्रिगोलाई साइन गर्न प्रस्ताव पठाउन तयारी गरेको खबर छ। लिभरपुलले ग्रीष्मको ट्रान्सफर विन्डोमा ब्राजिलियन स्टारको लागि लागि €६० मिलियनको प्रस्ताव गरेको थियो तर उक्त प्रस्ताव रियलले अस्वीकार गरेको थियो भने हाल लिभरपुलले फेरी नयाँ र सुधारिएको प्रस्ताव पठाउने जानकारी छ।
🚨 Liverpool have made Real Madrid winger Rodrygo one of their main transfer targets and are willing to pay €80m for the 20-year-old Brazil forward.
(Source: El Nacional) pic.twitter.com/htPboJArKP
— Transfer News Live (@DeadlineDayLive) December 12, 2021
रोड्रिगो २०१९ मा सान्तोसबाट ४५ मिलियन युरो रियलमा सामेल भएका थिए भने हाल सम्म म्याड्रिडका २० वर्षका विंगरले लागि ७९ खेलमा ११ गोल गरेका छन्।
यस सिजनमा कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिलका युवा स्टार क्लबको लागि प्रमुख खेलाडी बन्ने अपेक्षा गरिएको थियो तर मार्को एसेन्सियोउनको ठाउँ लिएका छन् भने ला लिगामा रोड्रिगोले मात्र पाँच खेलमा सुरुवात गरेका छन्।
Liverpool make Rodrygo one of top transfer targets with Real Madrid ‘willing to listen to offers around £68m’ https://t.co/9CBOFRV4zD
— The Sun Football ⚽ (@TheSunFootball) December 12, 2021
एल नेशनलका अनुसार ,युवा स्टारमा “राम्रो ” नाफा कमाउन सक्ने प्रस्ताव आए रियल म्याड्रिड उनलाई बेच्न तयार हुने छ।
आउँदो ट्रान्सफर विन्डोमा लिभरपुलले भने उनलाई साइन गर्न प्रयास गर्ने जानकारी छ। जनवरीमा अफ्रिकन कप अफ नेसन हुने छ जसको कारण लिभरपुलले आफ्नो स्टार खेलाडीहरू गुमाउने छ र ट्रान्सफर विन्डोको प्रयोग गरी विकल्पहरू साइन गर्ने क्लोपको योजना रहेको छ।