रियल म्याड्रिडका स्टार गोलिपरलाई माफी माग्न आग्रह गर्दै एट्लेटिको म्याड्रिडले पठायो पत्र

रियल म्याड्रिडका स्टार गोलकिपर थिवाउट कोर्तुवालाई माफी मग्न आग्रह गर्दै एट्लेटिको म्याड्रिडले पत्र पठाएको छ र उक्त पत्रमा  एट्लेटिकोप्रतिको आफ्नो व्यवहार सच्याउन पनि माग एट्लेटिको म्याड्रिडले गरेको जानकारी छ।

पूर्व चेल्सी किपर थिवाउट कोर्तुवाले २०११ देखि २०१४ सम्म लोनमा एट्लेटिको म्याड्रिडमा खेलेका थिए भने २०१८मा उनी रियल म्याड्रिडमा गए र रियलमा खेल्ने क्रममा उनले गरेको एक टिप्पणीको कारण एट्लेटिको म्याड्रिड असन्तुष्ट रहेको छ भने उनलाई माफी मग्न आग्रह गर्दै एट्लेटिकोले पत्र पठाएको छ।

गत वर्षको च्याम्पियन्स लिग फाइनल अघि बोल्दै, कोर्तुवाले भनेका थिए : “यो मेरो लागि फरक थियो (२०१४ फाइनल भन्दा)। जब रियल म्याड्रिड फाइनल खेल्छ, रियलले जित्छ, त्यसैले अब म इतिहासको सही पक्षमा छु।”

उनको उक्त टिप्पणी २०१४को च्याम्पियन्स लिग फाइनलमा एट्लेटिकोको रियल विरुद्धको हारको वारेमा थियो सो बेला उनी एट्लेटिको म्याड्रिडका खेलाडी थिए।

एट्लेटिको म्याड्रिड, साथै एट्लेटिको म्याड्रिडका समर्थकहरू, कोर्तुवाको उक्त कुराबाट खुसी छैनन् र उनले माफी माग्नु पर्ने र एट्लेटिकोप्रतिको आफ्नो व्यवहार सच्याउन माग गर्दै एट्लेटिकोले पत्र पठाएको छ र सो कुरा सुधार नगरेको खण्डमा क्लबमा उनको मेमोरियल ट्याब्लेट हटाउने एट्लेटिकोले धम्की दिएको छ।

हाल खबर अनुसार थिवाउट कोर्तुवाले एट्लेटिको सँग माफी नमाग्ने सङ्केत दिएका छन् र आफूले माफी मग्न पर्ने कुनै कारण नरहेको उनको विश्वास भएको जानकारी छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ