रामोस पिएसजी जादै

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज क्लब बेन्फिकाका अट्याकर गोन्कालो रामोस भित्र्याउने पक्का भएको छ ।

२२ वर्षिय युवा स्ट्राइकर भित्र्याउन पिएसजीले ८० मिलियन युरो बेन्फिकालाई तिर्ने छ ।

रामोसले २०२८ को जुनसम्म पिएसजीसंग सम्झौता गरेको चर्चित पत्रका फ्याब्रीजियो रोमानोले जनाएको हो ।

उनले गत सिजन सबै प्रतियोगितामा २७ गोल गरेका थिए । गत विश्व कपमा उनले स्विट्जर्ल्यान्डबिरुद्ध पोर्चुगलका लागि ह्याटि्रक समेत गरेका थिए ।

ह्यारी केन, भाल्होभिक, होइलोन्ड जस्ता स्ट्राइकरहरु भित्र्याउन असफल रहेको पिएसजीले भने अन्ततः आफ्नो अग्रपंक्तिमा रोमोस भित्र्याउदै बलियो बनाएको छ ।