२०२२ फिफा विश्व कपको सेमी फाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-०ले पराजित गरे पछि अर्जेन्टिनालाई जिताउन फिफाले धाँधली गरेको भनेर सामाजिक सञ्जालमा फ्यानहरूको आरोपहरू ट्रेन्डिङमा आउन थालेको छ।
Fans convinced World Cup is ‘rigged’ for Messi after latest dodgy Argentina pen https://t.co/x0VrBcpg5g
— Sun Sport (@SunSport) December 13, 2022
खेलको ३४ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। क्रोएसियाका गोलकिपर सँग मेस्सीले ठक्कर खाए पछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो र पेनाल्टीमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो भने सो गोल पछि खेलमा अर्जेन्टिनाले दबाब कायम गर्यो।
उक्त पेनाल्टीको लागि भने इटालियन रेफ्री डेनियल ओरसाटो माथि आलोचना हुँदै गरेको छ र सो पेनाल्टी दिन रेफ्रीले भिएआर चेक नगरे पछि अर्जेन्टिनालाई जिताउन धाँधली भएको भन्दै सामाजिक सञ्जालमा फ्यानहरूको आरोपहरू ट्रेन्डिङमा आउन थालेको छ।
5 penalties in 6 games and I’m meant to believe this isn’t rigged
— 0k paI ™ 🇫🇷 (@ItAintEaseh) December 13, 2022
पोर्चुगलका पेपेले सबैभन्दा पहिले फिफा र अर्जेन्टिना माथि यस्तो आरोप लगाएका थिए तर हाल सामाजिक सञ्जालमा फ्यानहरूले पनि यो विश्व कपमा रेफ्रीको निर्णयहरू माथि प्रश्न गर्दै गरेका छन् जुन हाल भाइरल हुन पुगेको छ।
एक फ्यानले ट्विटरमा लेखे: “यो अहिलेसम्मकै सबैभन्दा धाँधली भएको विश्वकप हुनुपर्छ। हाल सम्म अर्जेन्टिनाले ५ पेनाल्टी पाएको छ ।
अर्को एक ट्वीट जुन भाइरल भएको छ: “६ खेलहरूमा ५ पेनाल्टी र यो धाँधली होइन भनेर हामीले विश्वास गर्नु पर्ने रे?।”
थप एक फ्यान पोस्ट गरे: “पूरा विश्व कप मेस्सीलाई जिताउनको लागि धाँधली भएको छ। हास्यास्पद छ कि केही मान्छेहरूले अझै पत्याउँदैनन्।
The whole World Cup is rigged for Messi to win it. Funny that some people still don’t believe it
— Julian (@JulianJuve_) December 13, 2022
उक्त खेलमा अर्जेन्टिनाले क्रोएसिया माथि ३-०को जित हासिल गरेको थियो। जितको लागि अर्जेन्टिनाका लागि सुपरस्टार मेस्सीले एक गोल गरे भने युवा स्टार जुलियन अल्भारेजले २ गोल गरे।
फाइनलमा पुगेको अर्जेन्टिनाले अब उपाधिको फ्रान्स वा मोरक्को विरुद्ध खेल्ने छ। फ्रान्स र मोरक्कोले सेमी फाइनल खेल खेल्ने बाँकी रहेको छ।