जारी कतार २०२२ विश्व कप अर्जेन्टिनाले जित्ने पुष्टि भएको एसी मिलानका स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले दाबी गर्दै यो विश्व कप ट्रफीमा मेस्सी कै नाम लेखिएको भनेर बताएका छन्।
Zlatan Ibrahimovic: “I think it’s already written who will win, and you know who I mean. I think Messi will lift the trophy, it’s already written.” pic.twitter.com/3jDMTHg8vs
— SPORTbible (@sportbible) December 13, 2022
हाल अर्जेन्टिना विश्व कपको सेमी फाइनलमा पुगेको छ र फाइनल पुग्न अब अर्जेन्टिनाले क्रोएशियाको सामना गर्ने छ भने यो वर्षको विश्व कप अर्जेन्टिना र मेस्सीले जित्ने इब्राहिमोभिचको विश्वास छ।
“मलाई लाग्छ यो वर्षको विश्व कप कसले जित्ने भनेर पहिले नै लेखिएको छ। – ज्लाटन इब्राहिमोभिचले विश्व कपको सेमी फाइनलको खेल वारे बोल्दै भने।
Zlatan Ibrahimovic is backing Lionel Messi and Argentina 🐐
— GOAL News (@GoalNews) December 13, 2022
“तपाईँलाई थाहा छ मैले भन्न खोजेको के हो। मलाई लाग्छ मेस्सीले ट्रफी उचाल्नेछन्, यो पहिले नै लेखिएको छ।”
विश्व कपको पहिलो खेलमा साउदी अरेबिया सँग हारेको अर्जेन्टिनाले क्वाटर फाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा पराजित गर्दै सेमी फाइनल पुगेको हो भने अब क्रोएशियाको सामना गर्ने क्रममा रहेको अर्जेन्टिनाले उपाधि जित्ने ज्लाटनले दाबी गरेका छन्।