यो दुई राष्ट्र २०२२ विश्वकप जित्ने मुख्य दाबेदार रहेको मेस्सीको विश्वास 

यो वर्षको फिफा विश्वकप सुरु हुन निकै नजिक रहेको छ। कतारमा हुने यो वर्षको विश्वकपको लागि सबै जना उत्साहित रहेका छन् भने २०२२को विश्वकप कसले जित्ने भनेर फ्यानहरूले पूर्वानुमान गर्दै गरेको बेला फुटबल सुपरस्टार लिओ मेस्सीले मुख्य दाबेदार रूपमा दुई टिमको नाम लिएका छन्।

एक अन्तर्वार्तामा मेस्सीले विश्वकपको कुरा गर्दै यो वर्ष कसले जित्न सक्ने भनेर बोलेका छन्। उनले पाँच राष्ट्रहरूको नाम लिए पनि दुई भने मुख्य दाबेदारको रूपमा रहेको उनले दाबी गरे।

“विश्वकप जित्न सक्ने केही ठुला राष्ट्रिय टोलीहरू, ब्राजिल, जर्मनी, फ्रान्स, इङ्गल्यान्ड, स्पेन र मैले पक्कै पनि अझै केहीलाई बिर्सिरहेछु।- मेस्सीले २०२२को कतार विश्वकप वारे बोल्दै भने।

“तर यदि मैले एक वा दुई छान्नुपर्‍यो भने, ब्राजिल र फ्रान्स यस विश्वकपका दुई ठुला फेभरेटहरू हुन्।”

यो वर्षको फिफा विश्वकप नोभेम्बर देखि सुरु हुने छ भने मेस्सी पनि यो वर्षको विश्वकप जित्ने प्रयासमा हुने छन् भने यो विश्वकप उनको अन्तिम हुने भनेर पनि मेस्सीले खुलाएका थिए।

उनको कप्तानीमा अर्जेन्टिनाले २०१४ विश्व कपमा फाइनल सम्मको यात्रा तय गरेको थियो । जर्मनी सँग फाइनलमा हारे पछि मेस्सीको विश्व कप जित्ने सपना अधुरो रहेको थियो ।

विश्वको महान् खेलाडी मध्यको एक मेस्सी कतार विश्व कप जित्दै सुखद अन्त्य गर्न चाहन्छन्। उनलाई उपाधि जित्न कतार अन्तिम अवसर हुनेछ ।अर्जेन्टिनामा उनलाई एक पत्रकारले कतार विश्व कप अन्तिम भनेर प्रश्न सोध्दा उनले अन्तिम रहने प्रतिक्रिया दिएका थिए ।

विश्व कपमा अर्जेन्टिना सँगै समूह ‘सी’ मा साउदी अरेबिया, पोल्यान्ड र मेक्सिको रहेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ