बार्सिलोनाले आफ्नो युवा स्टार युसुफ डेमिरलाई क्लब छोड्न आग्रह गरेको जानकारी छ। डेमिर रैपिड भियनाबाट लोनमा बार्सा आएका हुन् र बार्सामा उनको खेल राम्रो रहे पनि उनले फेरी बार्साको लागि नखेल्ने जानकारी छ।
🚨[ @Luis_F_Rojo🥇] | “Here you are not going to play anymore because a purchase option that we do not want to execute would be activated. The best thing is that you look for another team”, was the messages of the Blaugranas to Yusuf Demir. #fcblive pic.twitter.com/LiOY5r12Sq
— BarçaTimes (@BarcaTimes) December 23, 2021
युसुफ डेमिरले बार्साको लागि १० खेल खेले उनलाई बार्साले १० मिलियन युरोमा स्थायी रुपमा साइन गर्नु पर्ने सम्झौता रहेको छ र हाल उनले बार्सामा ९ खेल खेलेका छन् र फेरी एक खेल खेले बार्सा उनलाई साइन गर्न कानुनी रूपमा बाध्य हुने छ भने हाल बार्सा रकम खर्च गर्न सक्ने अवस्थामा छैन।
डेमिरले बार्साको लागि ला लिगा र च्याम्पियन्स लिग दुबैमा खेलेका छन् र नौ वटा खेल खेलेका डेमिरलाई क्लबले फेरि छनोट गर्न सक्दैन, यदि उनले खेल्ने हो भने बार्सा भियनालाई १० मिलियन तिर्न बाध्य हुने छ।
They don’t wish to activate the 10-match purchase option.https://t.co/elVUygysp4
— MARCA in English (@MARCAinENGLISH) December 24, 2021
खबर अनुसार बार्साले युवा स्टार युसुफ डेमिर सो कुरा स्पष्ट गरेको छ र उनलाई क्लब छोड्न बार्साको आग्रह रहेको रिपोर्ट छ।
बार्साले अस्ट्रियाका वन्डरकिडलाइ जुलाईमा मात्र लोनमा साइन गरेको थियो। युसुफ डेमिर हाल विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक हुन्। उनको लागि बार्साले €५००,००० लोन सुल्क तिरेको थियो भने सिनियर टिममा १० खेल खेले उनलाई स्थायी रुपमा €१० मिलियन तिरेर साइन गर्नु पर्ने बार्सा र रैपिड भियना बिच सम्झौता भएको थियो।