म्यान्चेस्टर युनाइटेडका अर्को गोलकिपरले पनि छाडे क्लब

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडक युवा गोलकिपर नाथान बिशपले क्लब छाडेका छन् ।

बिशप च्याम्पियनसिप क्लब सन्डर्ल्यान्डमा ३ वर्षको सम्झौता गर्दै गएका हुन् ।

केही दिन अघि मात्र भएको मैत्रीपुर्ण खेलमा रेक्सह्यामबिरुद्ध म्यान्चेस्टर युनाइटेड ३-१ गोल अन्तरले पराजित हुँदा बिशपले पोस्टको जिम्मा लिएको थियो ।

यद्यपि, सन्डर्ल्यान्डमा उनी दोस्रो रोजाइका गोलरक्षक रहनेछन् ।