च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बार्यन म्युनिक सँग हारको सामना गरेको थियो र हार पछि युरोपा लिगमा घटुवा भएको बार्साको लक्ष्य उक्त प्रतियोगिता जित्ने र अर्को वर्षको च्याम्पियन्स लिगमा आफ्नो ठाउँ बनाउने हुने छ तर युरोपा लिगको लागि चुनौती दिने पनि धेरै कडा टिमहरू रहेको छ जसको फम बार्सा भन्दा धेरै राम्रो रहेको छ।
✅ Knockout round play-off teams confirmed! #UEL pic.twitter.com/NbJEx2GwcO
— UEFA Europa League (@EuropaLeague) December 9, 2021
च्याम्पियन्स लिगबाट बार्साको साथ अर्को ७ क्लबहरू युरोपा लिगमा घटुवा भएको छ र प्ले अफ खेल्ने छ जसमा आरबी लाइपजिग, पोर्टो, बोरुसिया डर्टमन्ड, शेरिफ टिरास्पोल, एटलान्टा, सेभिल्ला, जेनिट सेन्ट पीटर्सबर्ग रहेको छ। आरबी लाइपजिग, पोर्टो, बोरुसिया डर्टमन्ड, एटलान्टा, सेभिल्ला जस्तो क्लबहरू बार्सा भन्दा राम्रो अवस्था र राम्रो फममा रहेको छ।
युरोपा लिगको ग्रुप स्टेजबाट अर्को चरणमा अन्य १६ टिम पुगेको छ र लियोन, मोनाको, स्पार्टक मस्को, फ्रैंकफर्ट, गलातासारे, रेड स्टार बेलग्रेड, बायर लेभरकुसेन र वेस्ट ह्याम युनाइटेड ग्रुपको शीर्ष स्थान रहँदै सिधै राउन्ड अफ १६मा पुगेको छ भने ग्रुपको दोस्रो स्थानमा रहँदै रेंजर्स, रियल सोसिडाड, ओलम्पियाकोस, नापोली, ब्रागा, डिनामोजाग्रेब, लाजियो, रियल बेटिस राउन्ड अफ १६मा पुग्न प्ले अफ खेल्ने छ।
Possible Europa League opponents confirmed https://t.co/PccW259U8W
— FC Barcelona (@FCBarcelona) December 10, 2021
प्ले अफमा बार्सिलोना र सेभिल्लाले सम्भवतः नापोली वा लाजियो सँग खेल्ने सम्भावना छ र दुवै क्लब निकै बलियो रहेको छ भने रेंजर्स, ओलम्पियाकोस, ब्रागा र डिनामो जाग्रेब मद्ये एक परे बार्सालाई केही सहज हुने छ तर प्रतियोगिता अगाडी बढे सँगै आरबी लाइपजिग, पोर्टो, बोरुसिया डर्टमन्ड, एटलान्टा, लियोन, वेस्ट ह्याम युनाइटेड, बायर लेभरकुसेन जस्तो क्लबको बार्साले सामना गर्ने सम्भावना बढ्ने छ उक्त क्लबहरू बार्सा भन्दा धेरै राम्रो फम र अवस्थामा रहेको छ।
हाल ला लिगामा पनि बार्साको खराब फम रहेको छ र २३ अङ्कको साथ लिगको सातौँ स्थानमा रहेको बार्साले अर्को सिजन पनि च्याम्पियन्स लिग गुमाउन सक्ने छ भने युरोपा लिग जितेर च्याम्पियन्स लिगमा ठाउँ बनाउने बार्सालाई अवसर रहेको र यो अवसर पनि सजिलो भने हुने छैन।