युभेन्ट्ससंग रियल म्याड्रिड पराजित

प्री सिजन मैत्रीपुर्ण खेल अन्तर्गत बिहिबार बिहान भएको खेलमा रियल म्याड्रिड युभेन्ट्ससंग पराजित भएको छ ।

इटालियन क्लब युभेन्ट्सबिरुद्ध रियल ३-१ ले पराजित भएको हो ।

खेलको सुरुवाती मिनेटमा नै युभेन्ट्सले अग्रता लिएको थियो । किनले १ मिनेट भित्रै गोल गरेको थियो ।

२० औं मिनेटमा विहले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनायो ।

३० औं मिनेटमा रियलका भिनिसियसले गोल गर्दै २-१ मा ल्याए ।

तर खेलको अन्तिम समयमा भाल्होभिकले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।