कोपा ईटालियामा युभेन्ट्सले शानदार जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले हराउँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक एक गोल गरे ।
गोन्जालो हिग्युनले १६ औ मिनेटमा गोल गर्दै युभेन्ट्सले अघि बढाएका थिए । ड्याबालाको पासलाई सदुपयोग गर्दै हिग्युनले युभेन्ट्सलाई अघि बढाएका हुन् ।
२६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । उनले हिग्युनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
कोस्टाले ६१ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए ।
खेलको दिन क्रिस्टियानो रोनाल्डो बिरामी परेका थिए । सोही कारण उनले खेल गुमाउन पुगे ।
यस्तै, पाँच पटकको कोपा ईटालियाको विजेता एसी मिलानले समेत स्पेललाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।