इटालियन क्लब युभेन्टस सिरी एबाट रेलिगेट हुन सक्ने हाल धेरै चर्चा भएको छ। खबर अनुसार युभेन्टसले आफ्नो आर्थिक विवरणमा गलत तथ्याङ्कहरू र पूँजीगत लाभ देखाएको आरोप लागेको छ र यदि उक्त कुरा प्रमाणित भए युभेन्टसलाई सिरी ‘ए’बाट ‘बी’मा रेलिगेट गरिने र पछिल्लो लिग उपाधि जितलाई मान्यता नदिने खबर रहेको छ।
Juventus ‘could be relegated and stripped of Serie A title’ over probe into transfer dealings, say Codaconshttps://t.co/lG2Y2vwsbl
— The Sun Football ⚽ (@TheSunFootball) November 29, 2021
गत हप्ता युभेन्टसको कार्यालयमा इटालियन अधिकारीहरूले छापा मरेको थियो र युभेन्टसको इनभ्वाइस र वित्तीय विवरण जफत भएको थियो। युभेन्टसले आफ्नो खेलाडीहरूको मूल्य आर्थिक विवरणमा धेरै राखेको आरोप लागेको छ। खेलाडी ट्रान्सफरहरूमा ४२ ट्रान्सफर सम्झौतामा अनियमितता भएको युभेन्टस माथि आरोप लागेको छ।
इटालियन अधिकारीहरूले क्रिष्टियानो रोनाल्डो, जाओ क्यान्सेलो, आर्थर मेलो र ड्यानिलो सहित २०१९ र २०२१ बिचमा कुल ४२ ट्रान्सफरहरूमा अनुसन्धान गर्दै गरेको जानकारी छ ।
Juventus ‘could be RELEGATED to Serie B and STRIPPED of their last Serie A title’ https://t.co/vf3ECCTuIn
— MailOnline Sport (@MailSport) November 29, 2021
यो निकै गम्भीर विषय रहेको र इटालियन उपभोक्ता अधिकारका विभाग कोडाकन्सले युभेन्टस दोषी प्रमाणित क्लबलाई दोस्रो डिभिजनको लिगमा रेलिगेट गर्न सक्ने खबर छ। युभेले २०१९/२०को लिग जितेको थियो र युभेन्टस दोषी प्रमाणित भए उक्त लिग जित पनि मान्य नहुने जानकारी रहेको छ।
The Italian association for the protection of consumer rights, #CODACONS, claims Juventus ‘could be relegated to #SerieB and stripped of their latest #Scudetto‘ due to the capital gains case.https://t.co/CYBc708ab7#SerieA #Juve #Bianconeri #SerieATIM
— footballitalia (@footballitalia) November 29, 2021
२००६/०७ सिजनको लागि पनि युभेन्टस रेलेगेट भएको थियो त्यो बेला युभेन्टस म्याच फिक्सिङ काण्डमा फसेको थियो।