युभेन्टस कोच माउरिजियो सार्रीले बार्सिलोना सुपरस्टार लियोनेल मेस्सीलाई साइन गर्ने संभावना बारे बोलेका छन्।
मेस्सी र निर्देशक एरिक अबिदाल बीचको शब्दको युद्धले अर्जेन्टिनाका स्टारको भविष्यको बारेमा धेरै अनुमान गरिएको छ। मेस्सीले क्लब छोड्ने हो भने सिजनको अन्त्यमा नि: शुल्क उनि अर्को क्लब जान सक्छन।
Lionel Messi to Link-Up With Cristiano Ronaldo at Juventus? Head Coach Maurizio Sarri Responds to Speculations @juventusfcen @Cristiano #LionelMessi #CristianoRonaldo #Juventus #MaurizioSarri https://t.co/9uNLuN4WEq
— LatestLY (@latestly) February 13, 2020
युभेन्टसले पनि यो अवस्थाको फाइदा लिएर मेस्सीलाई साइन गर्न प्रयास गर्न सक्ने खबर आएको थियो।
तर युभेन्टसका प्रशिक्षक माउरिजियो सर्रीले यो संभावनाहरुलाई कम रहेको बताए।
“लियो बार्सिलोनाका स्टार खेलाडी हुन्,” सार्रीले बताए।
Maurizio Sarri on the Messi link.
“If I was a Barcelona director, I’d think: ‘What the f*** does Sarri want’?”
He has a way with words https://t.co/gNEnAWrofP
— Andrew Cesare (@AndrewCesare) February 12, 2020
“यदि म बार्सा निर्देशक भएको भए, म अचम्मित हुँदै सोच्ने थिए यो सार्रीलाई के चाहिन्छ रे?’ त्यसैले म यो प्रश्नको उत्तर दिन चाहन्न।”
युभेन्टसले मेस्सी साइन गर्न सक्ने खबर आए पछि धेरै फ्यानहरु जिज्ञासु बनेका थिए। रोनाल्डो र मेस्सीलाई एकै टिमबाट खेलेको हेर्न पाउने सम्भावनाले धेरै फ्यानहरु खुसी भएका थिए भने केहिले सो कुराको बिरूद्ध पनि गए।