युभेन्टसमा ठुलो सङ्कट- सिरी एबाट रेलेगेट हुन सक्ने सम्भावना

इटालियन क्लब युभेन्टसमा हाल ठुलो सङ्कट सिर्जना भएको छ। युभेन्टसले नोभेम्बर २८ मा आधिकारिक रूपमा अध्यक्ष एन्ड्रिया एग्नेली, सीईओ मौरिजियो अरिभाबेने, उपाध्यक्ष पावेल नेदभेड र बोर्डका बाँकी सदस्यले राजीनामा दिएको पुष्टि गरेको थियो भने उक्त राजीनामाहरू भने युभेन्टस माथि हुँदै गरेको वित्तीय कुप्रबन्धन र गलत लेखाको आरोपको कारण रहेको छ।

युभेन्टस माथि आपराधिक अनुसन्धान हुँदै गरेको छ जसमा युभेन्टसले वित्तीय कुप्रबन्धन र गलत लेखा पेस गरेको आरोप छ जसको कारण युभेन्टसका कार्यसमिति सदस्यहरूले राजीनामा दिने क्रम जारी रहेको छ।

रिपोर्ट अनुसार युभेन्टसले पुँजीगत लाभको लागि २०१८ देखि २०२० सम्म आफ्नो वित्तीय लेखामा आफूले साइन गरेको र बेचेको खेलाडीको ट्रान्सफर मूल्य बढाएर राखेको छ।

युभेन्टसको बोर्डले €२१६ मिलियनको घाटाको पनि घोषणा नगरेको आरोप छ र हाल युभेन्टस माथि आपराधिक अनुसन्धान हुँदै गर्दा युभेन्टसले ठुलो सजाय पाउने सक्ने रिपोर्ट छ भने युभेन्टस सिरी एबाट रेलेगेट हुन सक्ने सम्भावना पनि रहेको छ।

युभेन्टस माथि लागेको आरोप माथि स्पेनिस फुटबल लिग ला लिगाले पनि आफ्नो कवाज उठाएको छ भने युभेन्टस माथि कडा कारबाही गर्न ला लिगाले माग गर्दै विज्ञप्ति प्रकाशित गरेको छ।

२००६मा पनि युभेन्टस सिरी बिमा रेलेगेट भएको थियो सो समय युभेन्टस म्याचफिक्सिङमा संलग्न भएको कारण इटालियन एफए युभेलाई उक्त सजाय दिएको थियो भने त्यो बेला पनि युभेन्टसका कार्यसमिति सदस्यहरूले राजीनामा दिने क्रम सुरु भएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ