एसी मिलानका लेजेण्ड रुड गुलिट यस सिजनमा युभेन्टसको गिरावटबाट खुसी छन्।
गुलिटले स्वीकार गरे कि युभेको सिरी एमा नियन्त्रण र सर्वोच्चता “दिक्क लाग्ने” भइरहेको थियो। “मलाई लाग्छ यो राम्रो हो कि युभेन्टसले यो सिजन राम्रो गरिरहेको छैन,” गुलिटले गज्जेटाटीभीलाई भने।
Gullit: ‘Juve are getting annoying’: Former Milan hero Ruud Gullit has revealed that he enjoys seeing Juventus struggle and said it’s good for Italian football to have competition. https://t.co/KRBlKHm8CH
— ACMilan_MP (@ACMilan_MP) February 17, 2020
“किनकि हरेक वर्ष युभेन्टसले जित्ने भएको कारण सिरी ए थोरै दिक्क लाग्ने हुँदैछ। जे होस्, युभेन्टस अझै दाबेदार हो तर उनीहरूको खेलमा अलिकति भए पनि गिरावट आएको छ।
“इन्टरले राम्रो खेल्दै छ, लाजियोले पनि राम्रो गरिरहेछ र एटलान्टाको कुरा गर्नु पर्छ।
Gullit: ‘Juve are getting annoying’
Former Milan hero Ruud Gullit has revealed that he enjoys seeing Juventus struggle and said it’s good for Italian football to have competition.
[football-italia] #SerieA— Juve Tweet Bot – JTB (@JuveTweetBot) February 17, 2020
“यो इटालियन प्रतिस्पर्धाको लागि राम्रो छ, किनभने एकै टोलीले हरेक वर्ष जिते त्यो दिक्क लाग्ने कुरा बन्छ।
त्यसकारण, ती चारवटा क्लब बीचको प्रतिस्पर्धा हेर्न धेरै रोचक हुनेछ”