‘युक्रेनी नेमार’ सँग गर्‍यो आर्सनलले व्यक्तिगत सम्झौता

शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिकलाई साइन गर्न गर्न प्रिमियर लिग क्लब आर्सनलले आफ्नो दोस्रो प्रस्ताव पठाएको छ। मुड्रिक सँग आर्सनलको व्यक्तिगत सम्झौता भए पनि शाख्तर र आर्सनल बिचको वार्ता अझै जारी रहेको छ।

मुड्रिकको उत्कृष्ट खेलको कारण उनको तुलना ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ भने उनलाई मिडियाहरूले ‘युक्रेनी नेमार’ भनेर पनि भन्ने गरेको छ। उनलाई साइन गर्न आर्सनलले डिसेम्बरमा ६० मिलियन युरोको प्रस्ताव पठाएको थियो जुन शाख्तरले अस्विकार गरेको थियो।

हाल रिपोर्ट अनुसार आर्सनलले शाख्तर डोनेट्स्कलाई दोस्रो प्रस्ताव पठाएको छ जुन ७५ मिलियन युरो सम्मको रहेको छ र दुई बिच सम्झौता हुने राम्रो सम्भावना रहेको जानकारी छ।

मुड्रिक र आर्सनल बिच व्यक्तिगत सर्तमा सहमति भैसकेको जानकारी छ। दुई बिच ५ वर्षको सम्झौतामा सहमति भएको अब शाख्तर डोनेट्स्क सँग आर्सनलको सम्झौता हुने बाँकी रहेको छ।

उनको खेलको कारण धेरै क्लबहरूको नजर उनी माथि परेको बेला शाख्तर डोनेट्स्क उनलाई बेच्न तयार हुन सक्ने जानकारी छ तर उनको लागि युक्रेनी क्लबले १०० मिलियन युरो सम्म माग गर्दै आएको छ जसलाई घटाउन आर्सनल डोनेट्स्क सँग वार्तामा रहेको छ।

डोनेट्स्कका लागि मिखाइलो मुड्रिकले हाल सम्म ३९ खेल खेल्दै ९ गोल र १६ असिस्ट गरेका छन् भने उनको नाम आर्सनल सहित चेल्सी सँग पनि जोडिएको छ तर मुड्रिक आर्सनलको फ्यान रहेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ