एजेन्सी, युएईले क्लब विश्व कप आयोजना गर्ने भएको छ । जापानले गर्ने भनिए पनि अन्तिम समयमा हात झिके पछि युएईले गर्ने पक्का भएको हो ।
वार्षिक आयोजना हुने ६ महादेशको क्लब विजेताले खेल्ने गर्ने यस प्रतियोगितामा आयोजक देशको लिग विजेताले समेत खेल्ने अवसर प्राप्त गर्नेछ ।
जापान फुटबल संघले पाँच वर्षमा पहिलो पल्ट आयोजना गर्ने भनिए पनि जापानमा कोरोना महामारीको सङ्ख्यामा वृद्धि भए पछि प्रतियोगिता युएईमा सारेको हो ।
जापान फुटबल संघले फिफासंगको छलफल पछि आयोजना नगर्ने भएको हो । फिफा अध्यक्ष गिआनि इन्फान्टिनोले बुधबार युएईले प्रतियोगिता आयोजना गर्ने बताएका हुन । युएईले यस अघि चार पटक आयोजना गरिसकेको छ ।
क्लब विश्व कपको मिति भने तय भएको छैन । यद्यपि, २०२२ मा हुने बताएको छ । इंग्लिस क्लब चेल्सीले प्रतिनिधित्व गर्नेछ ।
थोमस टुचेलको टोलिले इजिप्टका अल अह्लि र न्युजिल्याण्डका अक्ल्यान्ड सिटिसंग भिड्ने छ ।