यी ३ मध्ये एक हुन सक्ने छन् चेल्सीको नयाँ कोच

चेल्सीले हालै मात्र आफ्नो कोच ग्राहाम पोटरलाई बर्खास्त गरे पछि चेल्सीको नयाँ कोच को हुने भनेर धेरै चर्चा हुँदै गर्दा रिपोर्ट अनुसार चेल्सीले ३ कोचको नाम रहेको सुची बनाएको छ र उक्त सुचीमा रहेको ३ मध्ये एक चेल्सीको नयाँ कोच बन्न सक्ने छन्।

पोटरलाई चेल्सी २०२२को सेप्टेम्बर ८मा नियुक्त गरेको थियो। पोटर आफै टुचेलको प्रतिस्थापनको रूपमा आएका थिए उनको नेतृत्वमा चेल्सीको फम निकै खराब हुन पुगेको भने शनिवार प्रिमियर लिगको खेलमा चेल्सी आफ्नै होममा एस्टन भिल्ला सँग २-० हार्न पुगे पछि चेल्सीले उनलाई बर्खास्त गरेको थियो।

चेल्सीले अन्तरिम प्रबन्धकको रूपमा ब्रुनो साल्टरलाई नियुक्त गरेको छ तर रिपोर्ट अनुसार चेल्सीको नजर हाल मार्को सिल्भा, मौरिसियो पोचेटिनो र जुलियन नागेल्सम्यानमा रहेको छ।

मार्को सिल्भा
पोर्चुगिज कोच मार्को सिल्भा हाल फुल्ह्यामको कोचको रूपमा रहेका छन्। ४५ वर्षीय कोचको नेतृत्वमा फुल्ह्यामको खेल निकै राम्रो रहेको छ र यो सिजन फुल्ह्याम प्रिमियर लिगको शीर्ष १० भित्र पर्दै आएको छ।

मौरिसियो पोचेटिनो
पूर्व पिएसजी कोच हाल क्लब विहीन रहेका छन् भने चेल्सीले उनी माथि आफ्नो नजर राखेको रिपोर्ट छ। पोचेटिनो पूर्व टोटेनह्याम कोच पनि हुन् जसको कारण उनी सँग प्रिमियर लिगको राम्रो अनुभाव रहेको छ। उनलाई पूर्ण क्लबमा फर्काउन टोटेनह्याम पनि इच्छुक रहेको छ। उनलाई पिएसजीले २०२२को जुलाईमा बर्खास्त गरेको थियो।

जुलियन नागेल्सम्यान
बायर्न म्युनिखले केहि दिन अघि मात्र जुलियन नागेल्सम्यानलाई बर्खास्त गरेको थियो र हाल क्लब विहीन रहेका नागेल्सम्यानलाई साइन गर्न चेल्सी धेरै इच्छुक रहेको जानकारी छ। बायर्नले नागेल्सम्यानलाई बर्खास्त गर्दै पूर्व चेल्सी कोच टुचेललाई नियुक्त गरेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ